सिलगढी: रत्न भट्टाचार्य स्मृति रक्षा समितिको पहल यसै अन्तर्गत २७ नोभेम्बरमा सिलगढीको दीनबन्धु मञ्चमा विशेष कार्यक्रम आयोजना गरिएको छ। स्वर्गीय रत्न भट्टाचार्यको दोस्रो पुण्यतिथिका अवसरमा रत्न भट्टाचार्यको सम्झनामा प्राध्यापक सञ्जय मुखोपाध्यायले मन्तव्य दिनेछन्। यस कार्यक्रममा बंगलादेशका प्रमुख रवीन्द्र संगीत कलाकार शमा रहमानको पनि सहभागिता रहनेछ। सिलगढी जर्नालिस्ट क्लबमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सिलगढीका पूर्व मेयर अशोक भट्टाचार्यले यस्तो बताएका हुन्। हरेक वर्ष यो दिवस विभिन्न साँस्कृतिक कार्यक्रम गरी मनाउने गरेको उनले बताए। नोभेम्बर २७ मा साँझ ६ बजे प्रारम्भिक संगीत हुनेछ र साढे ६ बजे प्राध्यापक सञ्जय मुखर्जीले मन्तव्य दिनेछन्। त्यसपछि बंगलादेशी संगीतकार शाह रहमानले रवीन्द्र संगीत प्रस्तुत गर्नेछन्।








