अस्पतालमा हेल्प डेक्स शुरु गरिने
खरसाङ: खरसाङ महकुमा अस्तपालको विभिन्न समस्याहरू साथै अस्पतालको डाक्टरहरू, कर्मचारीहरू र जनसाधारणले भोग्नु परेको विभिन्न समस्याहरू र असुविधाहरू विषयमा आज दार्जिलिङ जिल्लाको डिप्टी मेजिट्रेट आर शेर्पाको नेतृत्वमा सभासदहरू, जनसम्पर्क अधिकारी र भागोप्रमो टोलीले निरीक्षण गरेका छन्। दार्जिलिङ जिल्ला डिप्टी मेजिस्ट्रेटसितै जीटीएको स्वास्थ्य विभागको एमओडी सभासद श्याम शेर्पा, सभासद नुरी शेर्पा, खरसाङ महकुमाको जनसम्पर्क अधिकारी सुवास प्रधान, रोगी कल्याण समितिको अध्यक्ष दिवस छेत्री, भागोप्रमो खरसाङ महकुमाको उपाध्यक्ष शंकर रावत लगायत अन्यहरू उपस्थित रहेका थिए। उक्त प्रतिनिधि टोलीले आज खरसाङ महकुमा अस्पकालको निरीक्षण गरेर अस्पतालमा कार्यरत् डाक्टरहरू र कर्मचारीहरूको विभिन्न असुविधाहरू साथै जनसाधारणले भोग्नु परेको विभिन्न समस्याहरू र दबाई पानीको उपलब्धता विषयमा जानकारी लिइएको छ। राज्य सरकार र जिल्लाको साँघुको रूपमा रहेर उक्त निरीक्षणमा आएका जिल्लाको डिप्टी म्याजिस्ट्रेट आर शेर्पालाई खरसाङ अस्पतालको विभिन्न समस्याहरू विषयमा जानकारी गराइएको छ। उनले खरसाङ अस्पतालको विभिन्न समस्याहरूलाई लिएर जिल्लामा र राज्य सरकार समक्ष राखिदिने अनुरोध पनि गरिएको छ। उक्त निरीक्षण अवधि खरसाङ महकुमा अस्पतालमा रोगीहरूलाई दबाई पानीको अभाव रहेको साथै डाक्टरहरूको उपस्थिति कम रहेको कुरा पनि डिप्टी मेजिस्ट्रेट समक्ष राखेको जनसम्पर्क अधिकारी सुवास प्रधानले बताएका छन्। उनले खरसाङ महकुमा अस्पतालको डाक्टरहरू बस्ने क्वाटर विषयमा पनि जानकारी लिइएको साथै अस्पतालमा स्वास्थ्य साथी कार्ड र यसको प्रयोग विषयमा पनि चर्चा परिचर्चा गरिएको बताइएको छ। यसको साथै अस्पतालमा कार्यरत् पे ब्याण्ड कर्मचारीहरू र अस्थायी कर्मचारीहरूको विभिन्न असुविधाहरू विषयमा पनि चर्चा गरिएको छ। यसको साथै जनसाधारणको असुविधालाई ध्यानमा राखेर सहयोगको लागि जीटीए चिफ् एनित था खरसाङ महकुमा अस्पतालमा पनि हेल्प डेक्स सञ्चालन गरिने भएको छ। यस निरीक्षण विषयमा पत्रकारहरूसित कुराकानी गर्दा खरसाङ महकुमाको जनसम्पर्क अधिकारी सुवास प्रधानले विस्तृत रूपमा बताएका छन्।








