अखिल बंगाल विद्युत उपभोक्ता संघको दार्जिलिङ जिल्ला समितिको तर्फबाट सिलगढीमा विरोध प्रदर्शन

IMG-20231123-WA0219.jpg

सिलगढी: अखिल बंगाल विद्युत उपभोक्ता संघको दार्जिलिङ जिल्ला समितिद्वारा सिलगढीमा एक विरोध मार्च निकालियो। मूलतः जनविरोधी स्मार्ट मिटर जडान गर्न नहुने, स्थिर र न्यूनतम शुल्क बढाएर विद्युत्को मूल्यवृद्धि फिर्ता लिनुपर्छ। ‘बकौता र अन्य’ नाममा ग्राहकबाट गलत रुपमा अतिरिक्त असुली गरेको विरोधमा यो र्‍याली निकालिएको हो। सिलगढीको बाघजातिन पार्क अगाडिबाट सुरु भएको यो विरोध र्‍याली हिलकार्ट रोड हुँदै हसमिचक पुगेर सडक अवरुद्ध पारेको थियो। यसबाहेक ग्राहकको पैसा लुट्ने षड्यन्त्रमा प्रतीकात्मक स्मार्ट मिटरको पुत्ला जलाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement