सोनादा: खरसाङको अप्पर टुङ निवासी अमर राईको घर गत सोमबार साँझतिर आगो लागेर अमर राईको घर पूर्ण रूपमा जलेर स्वाहा भएको थियो। उक्त अग्निपिढीत परिवारलाई भेट्न र आगलागी भएको घरको निरीक्षण गर्न आज खरसाङको सामी लाखाङ गुम्बाको धर्म गुरू पेम्बा रिम्पोर्छे पुगी सहयोग पनि गरेका छन्। बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेकी पत्नी जोस्ना लामा पनि विशेष उपस्थित रहेकी थिइन्। आगलागीमा उक्त पिढीत परिवारले केही पनि निकाल्न पाएका थिएनन्। त्यसर्थ पिढीत परिवारसित भेटघाट गरेर बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले आफ्नो तर्फबाट ओड्ने ओछ्याउने, तोसक सिरक, सिरानी, लुगाफाटाहरू, खानेकुरोहरू, सौदापात सहयोग गरेको जानकारी प्राप्त भएको छ। यस अवसरमा बोल्दै पेम्बा रिम्पोर्छेले म यहाँ कुनै राजनीति गर्न आएके होइन कारण म कुनै पार्टीको मान्छे होइन तर परेको बेलामा केही सहयोग गर्न आएको बताएका छन्। उनले अग्नीपिढीत परिवारलाई ओढ्ने ओछ्याउनेहरू, लुगाफाटाहरू, सैदापातहरू सहयोग गरेको बताएका छन्। उनले आवश्यक परेको खण्डमा भविष्यमा पनि सहयोग गर्ने बताएका छन्।








