मोटरसाइकल चोरी प्रकरणमा नरगिस दीदी गिरोह पर्दाफाश

Screenshot_20231123_181053_Samsung-Internet.jpg

सिलगढी: सिलगढी शहरमा मोटरसाइकल चोरीको घटनामा माटिगारा थानाको पुलिसले महिला नरगिस दीदीको गिरोहको पर्दाफाश गरेको छ।पुलिसले गिरोहका मुख्य योजनाकार र उनका एक सहयोगीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुख्य योजनाकार नरगिस खातुन उर्फ दीदी र उनका सहयोगी सन्तोष साहनी रहेका छन्। यसै क्रममा पुलिसले आरोपीको साथबाट चोरीको मोटरसाइकल पनि बरामद गरेको छ ।स्रोतका अनुसार छठ पूजाको क्रममा माटिगडा थाना अन्तर्गतको सालबारी छठघाटबाट मोटरसाइकल चोरी भएको थियो। जसको उजुरी माटिगडा थानामा दर्ता भएको थियो।

त्यसपछि घटनाको छानबिन गर्दा प्रहरीले सन्तोष साहनी नाम गरेका व्यक्तिलाई पक्राउ गरेको थियो। पुलिसले कडाइका साथ सोधपुछ गर्दा नर्गिस खातुन उर्फ दीदीको नाम आयो। जसले चोरीका मोटरसाइकल राख्ने काम गर्छ। त्यसपछि मोटरसाइकल चोर सन्तोष साहनीको बयानका आधारमा माटिगरा पुलिस थानाले नर्गिस खातुन उर्फ दिदीलाई पक्राउ गरेको हो। पुलिसले दुवै आरोपीलाई आज सिलगढी अदालतमा पेश गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement