राज र अर्जुनबीच ५ वटा भिडियोमा काम गर्ने सम्झौता

raj-arjun

टीआरआई समाचार   
काठमाडौं: राज कटुवाललाई आम मानिसहरुले नायक तथा मोडलको रुपमा चिन्छन्। अझ, उनले अभिनय गरेको ‘मेसो मिलाएर’ बोलको गीत हिट भएपछि त उनको चर्चा पनि चुलिएको छ। यसपछि, उनी म्युजिक भिडियोमा व्यस्त पनि देखिन थालेका छन्। ‘मेसो मिलाएर’ गीत हिट भएसँगै राज र अर्जुनबिच पुनः सहकार्य हुने भएको छ। अर्जुनको कम्पनी द डिभाइन म्युजिकले तयार पार्ने ५ वटा भिडियोमा राजले काम गर्ने गरि संझौता भएको छ। सम्झौता पत्रमा हस्ताक्षर गर्दै दुबैले उत्साह व्यक्त गरेका छन्। डिभाइनको भिडियोमा काम गर्न पाउँदा आफू उत्साहित भएको राजले बताए। यस्तै, संगीतकार पोखरेलले ‘मेसो मिलाएर’ गीत हिट भएपछि राजलाई दर्शकले अत्याधिक खोजेकाले आफूले ५ वटा भिडियोका लागि सम्झौता गरेको बताए। राजले निर्माण गरिरहेको फिल्म ‘मायाबी’को हाल छायांकन भइरहेको छ। राज आफै नायक बनेर नयाँ फिल्ममा काम गर्ने तयारीमा समेत छन्।

About Author

Advertisement