शाहरुख खान आईईएमडीबीको सबैभन्दा लोकप्रिय अभिनेताहरूको सूचीमा शीर्ष स्थानमा

00-1-Sharukh-Khan

मुम्बई: ‘पठान’ र ‘जवान’ को ठूलो सफलतामा, सुपरस्टार शाहरुख खानले अईएमडीबीको वर्ष २०२३० को १० सबैभन्दा लोकप्रिय भारतीय अभिनेताहरूको सूचीमा पहिलो स्थान हासिल गरेका छन्। यसका अलावा यसमा आलिया भट्ट, दीपिका पादुकोण र वामिका गब्बीजस्ता अभिनेत्रीको दबदबा छ। शाहरुखका लागि यो वर्ष अझै सकिएको छैन किनकि राजकुमार हिरानी निर्देशित फिल्म ‘डंकी’ २१ दिसम्बरमा रिलिज हुँदैछ। यो फिल्म सुपरस्टारका लागि यो वर्षको तेस्रो र अन्तिम फिल्म हुनेछ। आलियाले लगातार दोस्रो वर्ष सूचीमा दोस्रो स्थान हासिल गरिन्। अभिनेत्रीको ‘रकी और रानी की प्रेम कहानी’ निकै सफल भयो। आलियाले नेटफ्लिक्सको फिल्म ‘हार्ट अफ स्टोन’ मा गल ग्याडोटसँग हलिउडमा आफ्नो करियर शुरु गरेकी थिइन्। पठानमा मुख्य भूमिका र जवानमा अतिथि भूमिका निर्वाह गरेकी दीपिकाले यो सूचीमा तेस्रो स्थान हासिल गरिन्। शाहरुखको ‘जवान’ को–स्टार नयनथारा पाँचौं र विजय सेतुपति पनि १०औँ स्थानमा छन्। नयनतारापछि तमन्ना भाटिया, करीना कपुर खान र शोभिता धुलिपलालाई पनि यो लिस्टमा परेको छ। अक्षय कुमार नवौं स्थानमा छन्। आईएमडीबी इण्डियाकी प्रमुख यामिनी पटोडियाले भनिन्, ‘शाहरुख खानको दुईवटा ब्लकबस्टरका साथ ठूलो पर्दामा फर्कनेदेखि लिएर अन्तर्राष्ट्रिय थ्रिलर ‘हार्ट अफ स्टोन’मा आलिया भट्टको भूमिका, आईएमडीबीको २०२३ को सबैभन्दा लोकप्रिय भारतीय स्टारहरूको सूची रोमाञ्चक छl’ एक विज्ञप्तिका अनुसार, ‘अईएमडीबी को विश्वव्यापी दर्शकहरूमाझ सबैभन्दा बढी उत्साह उत्पन्न गर्ने ताराहरूलाई प्रस्तुत गर्दछ।’

About Author

Advertisement