गान्तोक: केन्द्रिय विदेश मामिला एवं शिक्षा राज्यमन्त्री डा. राजकुमार रंजन सिंहले आज राजधानीको मनन केन्द्रस्थित पासपोर्ट सेवा केन्द्रको भ्रमण गरे। यस अवसरमा गान्तोकका विधायक वाईटी लेप्चा पनि उपस्थित थिए।
भ्रमणको क्रममा केन्द्रिय राज्यमन्त्री डा. सिंहले क्षेत्रीय पासपोर्ट कार्यालय, कोलकाताका वरिष्ठ अधीक्षक गगन चन्द्र हंस्दा लगायत पासपोर्ट सेवा केन्द्रका अन्य अधिकारीहरू र कर्मचारीहरूसॅंग अन्तरक्रिया गरे।
उनले गत ५-६ वर्षमा पासपोर्ट सेवा केन्द्रको माध्यमद्वारा पासपोर्ट सेवाहरूको पहुॅंचमा उल्लेखनीय वृद्धि भएको छ भनी बताए। केन्द्र सरकारले आफ्ना नागरिकहरूको निम्ति यात्राको सहजतालाई बढावा दिन निरन्तर काम गरिरहेको पनि उनले बताए।
यस अवसरमा विदेश मामिला मन्त्रालय, कोलकाता शाखा सचिवालयकी निदेशक आईएफएस नीलम रानी, केन्द्रिय राज्यमन्त्रीका अतिरिक्त निजी सचिव र अन्य अधिकारीहरू पनि उपस्थित थिए।










