गान्तोक: राजा राम मोहन रायको २५०औं जन्म जयन्तीको अवसरमा पाकिममा एक सचेतना ऱ्याली आयोजना गरियो। उक्त ऱ्याली पाकिमको सेन्ट जेवियर्स विद्यालयबाट शुरू भएर ग्राम प्रशासन केन्द्रमा पुगेर समापन भएको थियो। पाकिम जिल्ला प्रशानिक केन्द्र र सिक्किम सरकारको संस्कृति विभागको संयुक्त पहलमा उक्त ऱ्याली आयोजना गरिएको हो। यस कार्यक्रमको मुख्य थिम महिलाहरूलाई सशक्तिकरण गर्दै सबै क्षेत्रमा अघि बढाउन प्रोत्साहित गर्नु रहेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै पाकिम जिल्लाकी अतिरिक्त जिल्लापाल अनुपा तामलिङले आफ्नो सम्बोधनमा राजा राम मोहन राय पहिलो व्यक्ति हुन् जसले महिलाहरूलाई पनि विभिन्न क्षेत्रमा अघि बढाउनु पर्ने प्रयास गरेका थिए। महिलाहरूको विषयमा कुरा गर्दै उनले महिला सशक्तिकरण भनेको मनोवृत्ति परिवर्तन र महिलालाई विशेष व्यवहार नभई मानिसको रुपमा हेर्नु पर्ने आग्रह गरिन्। यसका साथै उनले महिला सशक्तिकरण भनेको प्रतिस्पर्धा नभई मानिसकारुपमा ग्रहण गर्नु पर्ने बताइन्। उनले सिक्किम महिला सशक्तिकरणको सन्दर्भमा एक उदाहरणीय राज्य भएको कुरा बनेको उल्लेख गरिन्।