युटेलसेट वानवेभ स्याटेलाइट ब्रडब्याण्ड सेवाहरूको लागि भारतीय अन्तरिक्ष नियामकबाट स्वीकृति प्राप्त गर्ने पहिलो संस्था बनेको दाबी

banner-E36D.jpg

कोलकाता: वानवेभ इण्डियाले आज भारतीय राष्ट्रिय अन्तरिक्ष प्रवर्द्धन र प्राधिकरण केन्द्र (इन-स्पेस) बाट भारतमा स्याटेलाइट ब्रोडब्याण्ड सेवाहरू शुरु गर्न आवश्यक प्राधिकरणहरू प्राप्त गरेको एक प्रेस विज्ञप्तिमा बताएको छ। वानवेभ इण्डिया यो अधिकार प्राप्त गर्ने पहिलो संस्था रहेको विज्ञप्तिमा बताइएको छ। लो-अर्थ अर्बिट (एलईओ) अपरेटर युटेलसेट वानवेभ युटेलसेट समूहको हिस्सा हो। विज्ञप्तिका अनुसार, ‘भारतीय राष्ट्रिय अन्तरिक्ष प्रवर्द्धन र प्राधिकरण केन्द्र भारत सरकारको एउटा एजेन्सी हो जुन देशमा अन्तरिक्ष गतिविधिहरू नियमन र प्राधिकरण गर्न जिम्मेवार छ। माथिको स्वीकृतिको अर्थ युटेलसेट वानवेभ ले सरकारले स्पेक्ट्रम छुट्याउने बित्तिकै सेवाहरू सुरु गर्न सक्नेछ भन्ने होl’
भारती ग्रुपका अध्यक्ष र युटेलस्याट ग्रुपको बोर्ड अफ डाइरेक्टर्सका उपाध्यक्ष (सह-अध्यक्ष) सुनील भारती मित्तलले भने, ‘भारतीय अन्तरिक्ष नियामकले युटेलसेट वानवेभ स्याटेलाइट ब्रोडब्याण्ड सेवाहरू प्रक्षेपण गर्नको लागि हरियो संकेत पाउँदा हामी अत्यन्तै खुशी छौं। यो सबैका लागि इन्टरनेट जडान उपलब्ध गराउने भारतको महत्वाकांक्षा पूरा गर्ने दिशामा महत्वपूर्ण कदम हुनेछ र प्रधानमन्त्रीको डिजिटल इण्डियाको दर्शनलाई कार्यान्वयन गर्नेछ। युटेलसेट वानवेभ व्यावसायिक सेवाहरू सुरु गर्न अन्तिम स्पेक्ट्रम प्राधिकरण प्राप्त गर्ने बित्तिकै संचालन शुरु गर्न तयार छl’
युटेलसेट ग्रुपमा कनेक्टिभिटीका सह-महाप्रबन्धक सिरिल दुजार्डिनले भने, ‘विश्वभरको कनेक्टिभिटी ग्याप पूरा गर्नका लागि सबै व्यवसायहरू, साथै सरकार र नियामकहरूसँग सहकार्य आवश्यक छ। हामी भारत सरकारबाट यो स्वीकृति प्राप्त गर्न पाउँदा अत्यन्तै खुशी छौं, जुन देशको सबैभन्दा दुर्गम स्थानहरूमा पनि उच्च-गति जडान प्रदान गर्ने अर्को महत्त्वपूर्ण कदम हो। गत वर्ष हाम्रो एलईओ नक्षत्र पूरा गरेपछि, हामी भारतभरका मानिसहरू र व्यवसायहरूलाई यी महत्त्वपूर्ण सेवाहरू प्रदान गर्न पूर्ण रूपमा तयार छौंl’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *