राज्यपाल लक्ष्मण प्रसादले ‘गोपाल जी’ लाई श्रद्धाञ्जलि अर्पित गरे

n558835878170067086212379799665533a2a9ddaf00262b5901ddc49ebe49bf3650fbba0569362e06a9d00.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज लखनऊमा उत्तर प्रदेशका विधायक एवं पूर्व मन्त्री स्व. आशुतोष टण्डन ‘गोपाल जी’ को शोक सभामा उपस्थित भएर श्रद्धाञ्जलि अर्पित गरे।

उक्त जानकारी राजभवनले आज जारी गरेको प्रेस विज्ञप्तिमा दिएको छ।

राज्यपाल आचार्यले शोक सन्तप्त परिवारसॅंग भेट गरेर आफ्नो गहिरो समवेदना व्यक्त गर्दै भने, ‘गोपाल जीको निधन मेरो व्यक्तिगत एवं उत्तर प्रदेशका जनताको निम्ति अपूर्णीय क्षति हो। उनका कर्मको प्रधानता र जनताप्रति समर्पित सेवाको भाव सदैव सबैको ह्रदयमा जीवित रहनेछ।’

About Author

Advertisement