आईआऱबीका जवानहरूलाई दिइयो राजकीय सम्मानको साथ बिदाई

IMG-20220720-WA0168.jpg

मृतकका परिवारलाई सक्दो सहयोग पुऱ्याउने मुख्यमन्त्री दिए वचन

रम्फू: गत १८ जुलाईको दिन नयाँ दिल्लीमा भएको एक दुखद घटनामा ज्यान गुमाउने राज्यका तीन आईआरबी जवानहरूको पार्थिव शरीर आज गृह राज्य ल्याइपुऱ्याइयो। यस क्रममा रम्फूमा एक कार्यक्रममाझ राजकीय सम्मानको साथ तीनैजना जवानहरू लेन्स नायक पिञ्छो नामग्याल भोटिया, कन्सटेबल इन्द्रलाल छेत्री अनि कन्सटेबल धनहाङ सुब्बालाई राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष उपस्थितिमा अन्तिम बिदाई दिइयो। बिदाईको अवधि सबै भावविभोर बनेको देखियो। आफ्ना प्रियहरूलाई निष्प्राण लड़िरहेको देखेर मृतकका परिवारहरू विलाप गर्दै रोइरहेका थिए।

मुख्यमन्त्री तामाङले मृतकहरूका परिवारका सदस्यहरूसँग कुराकानी गर्दै घटनाबारे दुःख प्रकट गरे। उनले सरकारको तर्फबाट सक्दो सहयोग पुऱ्याउने शोकाकूल परिवारप्रति वचन दिएका छन्। मुख्यमन्त्री तामाङले उनीहरूलाई नोकरी दिलाउने पनि वचन दिएका छन्। मृतकका परिवारलाई मुख्यमन्त्री राहत कोषमार्फत मुख्यमन्त्री तामाङले रुपियाँ ५-५ लाखको चेक प्रदान गरे। यसरी नै सिक्किम पुलिसको पक्षबाट पनि रुपियाँ ४-४ लाख रुपियाँ दिइने पुलिस महानिदेशक ए श्रीधर रावले जानकारी गराए।

मुख्यमन्त्रीसँगै सिक्किम विधानसभाका अध्यक्ष एलबी दास, उपाध्यक्ष, मन्त्रीगण, सिक्किम पुलिसका पुलिस महानिदेशक लगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।

राजकीय सम्मानको साथ अन्तिम बिदाई दिएपछि पार्थिव शरीर उनीहरूको पैतृक थलोतर्फ लगियो। जानकारी गराइन्छ, गत १८ जुलाईको दिन नयाँ दिल्ली रोहिणीस्थित हैदरपुर जल संशोधन केन्द्रमा सेवारत आईआऱबी जवानहरूमध्ये एक आरोपी लेन्स नायक प्रवीण राई “बी’-ले आफ्ना साथीहरूलाई गोली हिर्काएर हत्या गरेका थिए। घटनापछि आरोपीले आत्मसमर्पण गरेका थिए। घटनाबारे पुलिसले हाल जाँच गरिरहेको छ।

आउनुपऱ्यो। जुन दृश्यले सम्पूर्ण क्षेत्र नै शोकमा डुबेको छ। यसरी नै नाथाङ माचोङ अन्तर्गत लोसिङ निवासी धनहाङ सुब्बाले विवाह गरेको तीन महीना मात्रै भएको थियो। उनी पनि परिवारका एक मात्र कमाइ गर्ने व्यक्ति थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement