सौगात-सृष्टि अभिनित ‘द रेड सुट्केस’को जर्मनीमा प्रिमियर

Screenshot_20231122_184559_Dailyhunt.jpg

काठमाडौं: नेपालमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘द रेड सुट्केस’लाई जर्मनीको प्रतिष्ठित मानहायम हेडेलबर्ग फेस्टिभलमा प्रिमियर गरिएको छ। फेस्टिभलको मुख्य प्रतिस्पर्धामा फिल्म छनोट भएको हो ।प्रिमियरपछि सकारात्मक प्रतिक्रिया प्राप्त भएको निर्माता रामकृष्ण पोखरेलले जानकारी दिए। प्रदर्शनपछि फेस्टिभलमा दर्शकमाझ प्रश्नोत्तर समेत चलाइएको थियो।
सौगात मल्ल, विपिन कार्की र सृष्टि श्रेष्ठको शीर्ष भूमिका रहेको यो फिल्मको वर्ल्ड प्रिमियर चाहिं यस वर्षको प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा भएको थियो। भेनिसमा यसले मेन्सन अवार्ड जित्यो। स्वीट्जरल्याण्डको जुरिच फिल्म फेस्टिभलमा समेत मनोनयन भएको थियो। फिडेल देवकोटा निर्देशित फिल्मले वैदेशिक रोजगारीको सामाजिक असरको कथा भन्छ।
आइसफल फिल्म्सले निर्माण गरेको यो फिल्मलाई यसै वर्ष हलमा रिलिज गर्ने तयारी छ। आइसफलकै पछिल्लो फिल्म ‘हल्कारा’ आगामी ओस्कार अवार्डका लागि नेपालबाट सिफारिस भएको छ। ‘द रेड सुट्केस’लाई अन्तर्राष्ट्रिय म्यागजिन द युनिभर्सलले भेनिस रिभ्यु गर्दै फिल्म उत्कृष्ट भएको बताएको थियो। गहिरो मानवीय कथाको माध्यमबाट यसले महत्वपूर्ण प्रभाव छाड्ने उल्लेख गर्दै म्यागजिनले यसलाई कलात्मक ऐनाको रुपमा विश्लेषण गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement