ननरबहादुर भण्डारी डिग्री कलेजमा विद्यार्थीहरूलाई लिएर हाजिरी जवाफ प्रतियोगिता आयोजित

IMG-20231122-WA0273.jpg

गान्तोक: तादोङस्थित नर बहादुर भण्डारी डिग्री कलेजको प्रेक्षागृहमा सिक्किम राज्य मुख्य निर्वाचन अधिकारी र इनर व्हील क्लब गान्तोकको पहलमा विद्यार्थीहरूलाई लिएर हाजिरी जवाफ प्रतियोगिता आयोजना गरियो। उक्त कार्यक्रममा राज्यका शिक्षा विभागका अतिरिक्त अतिरिक्त मुख्य सचिव आर तेलाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। उनको साथमा मुख्य निर्वाचन अधिकारी डी.आनन्दन, विभागकी सचिव रोशनी राई लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। मुख्य अतिथिले आफ्नो सम्बोधनमा सहभागी सबैलाई बधाई दिँदै आगामी दिनको लागि शुभकामना व्यक्त गरे। उनले प्रतियोगिताले निर्वाचन प्रक्रियाबारे थप जानकारी र ज्ञान थपेको बताए। उनले उपस्थित सबैलाई निर्वाचनमा सहभागी हुन आग्रह गर्दै मतदाताको सहभागिता मतदानले नभई सुशासनको प्रक्रियामा सक्रिय सहभागिता रहेको बताए। यसै क्रममा प्रमुख कार्यकारी अधिकारीले (सिस्टेमेटिक भोटर्स एजुकेशन एण्ड इलेक्टोरल पार्टिसिपेशन) को महत्व र प्रत्येक मतदातालाई निर्वाचन प्रक्रियाको बारेमा जानकारी गराउनु पर्ने कारणबारे स्पष्टरूपमा अवगत गराए। उनले सबैलाई मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन र समयसापेक्ष अद्यावधिक गर्न आग्रह गरे। आजको यस हाजिरी जवाफ प्रतियोगिताको प्रारम्भिक चरणमा दुई दुई सदस्य गरी कूल ५२ टोलीले भाग लिएका थिए जसमध्ये ६ टोली फाइनलका लागि छनोट भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement