गान्तोक: केन्द्रीय शिक्षा साथै विदेश राज्य मन्त्री राजकुमार रंजन सिंहले आज राष्ट्रीय प्रौद्योगिकी संस्थान (एनआईटी) राभाङलाको भ्रमण गरे। भ्रमणको क्रममा उनको साथमा गान्तोक निर्वाचन क्षेत्रका विधायक वाई. टी. लेप्चा लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। निरीक्षणको क्रममा केन्द्रीय मन्त्रीले आफ्नो भ्रमणको क्रममा विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै, नालन्दा टाक्सिला विश्वविद्यालयहरू जस्ता पुरातन संस्थाहरूबाट समसामयिक शिक्षा आर्जन गर्नुपर्ने विद्यार्थीहरूलाई सुझाउ दिए।
उनले नयाँ शिक्षा नीतिले ल्याएका प्रगतिशील परिवर्तनहरूमाथि प्रकाश पार्दै अमृतकाल भिजन २०४७ को महत्त्वमा ध्यान दिनुपर्ने अपील गरे। वर्ष २०४७ सम्ममा भारतको आत्मनिर्भरताको लागि प्रधानमन्त्रीद्वारा शुरु गरिएको परिवर्तनकारी रोडम्यापबारे पनि जानकारी गराए।

यसबाहेक उनले आईआईटी, एनआईटी र आईआईएम जस्ता संस्थाहरूको महत्त्वलाई जोड दिँदै उनीहरूको विश्वव्यापी मान्यता र विकसित विदेशी राष्ट्रहरूलाई अघि आउनु पर्ने अपील गरे। उनले अन्तर्राष्ट्रिय सहयोग र साझेदारीलाई बढावा दिन यी संस्थाहरूले कसरी निर्णायक भूमिका खेल्न सक्छन् भन्नेबारेमा पनि प्रकाश पारे।










