शिक्षक भर्ती बारे मुख्यमन्त्री ममता ब्यानर्जीले जारी गरिन् बयान  

mamta-benarjee1


कोलकाता: पश्चिम बङ्गालको बहुचर्चित शिक्षक भर्ती धाँधली भएको मामिलालाई लिएर मुख्यमन्त्री ममता ब्यानर्जीले बिहीबार एकपल्ट फेरि बयान दिएकी छन्। उनले ३४ वर्षको वाममोर्चा शासनमा व्यापक स्तरमा नियुक्तिहरूमा भ्रष्टाचार भएको दाबी गरेकी छन्। उनको सरकारले ती तमाम नियुक्तिहरूको पनि फाइल खोल्ने उनले बताइन्। बिहीबार तीन दिवसीय यात्रामा जङ्गलमहल पुगेकी मुख्यमन्त्री ममता ब्यानर्जीले भ्रमणको अन्तिम दिन झाड़ग्राममा पार्टी कार्यकर्ताहरूलाई सम्बोधित गरिन्। उनले भनिन्, ‘वाममोर्चाको शासनमा घूस दिएर शिक्षकहरूको नियुक्ति हुनेगर्थ्यो अनि घूस दिएर नै ट्रान्सफर पनि हुनेगर्थ्यो। बिस्तारै यी तमाम नियुक्तिहरूको च्याप्टर खोलिनेछ। मैले भद्रता देखाउँदा मानिसहरूले मलाई दुर्बल सम्झिरहेका छन्।’

शिक्षक नियुक्ति मामिलाको सीबीआई जाँच सम्बन्धी उच्च अदालतको आदेशको उल्लेख गर्दै उनले भाजपामाथि हमला गरिन्। उनले भनिन्, ‘भाजपालाई लाग्छ, केन्द्रीय एजेन्सीहरूको माध्यमले तुगलगी शासन चलाउन सक्नेछ तर यसो हुनेछैन। केन्द्र सरकारले संवैधानिक प्रतिष्ठानहरूलाई एक-एक गरी नष्ट गरिरहेछl’ नियुक्तिमा भएको व्यापक स्तरमा धांधलीको बचाव गर्दै ममताले भनिन्, ‘काममा गलती हुन्छ। त्यसलाई सुधार्ने अवसर दिइनुपर्छ तर यदि कसैले तृणमूल कांग्रेसलाई बलपूर्वक ध्वस्त गर्नेछ भनेर सोच्छ भने यसो कहिले पनि हुनेछैनl’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *