गान्तोक: बाराणसीको काँशी हिन्दु विश्वविद्यालयमा छत्रपति शिवाजी महाराजको जीवनमा आधारित नाटक मञ्चन गरियो। उक्त कार्यक्रममा सिक्किम राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्य आचार्य मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। नाटक हेरेपछि राज्यपालले आफ्नो प्रतिक्रिया व्यक्त गर्ने क्रममा सेवा भारती काँसी प्रान्तद्वारा आयोजना गरिएको नाटकमा उपस्थित हुन पाउँदा खुशी प्रकट गरे। आफ्नो सम्बोधनमा राज्यपालले छत्रपति शिवाजीको जीवनीबाट मानिसहरूले देशप्रेमको भावना सिकेको साथै आफ्नो संस्कृति संस्कार पनि सिक्ने अवसर प्राप्त गरेको बताए। देशको गौरवशाली इतिहासलाई जनमानससम्म पुऱ्याउन साथै हाम्रो राष्ट्रको गरिमालाई सुदृढ गर्न र हामीलाई सशक्त भविष्यतर्फ डोऱ्याउन प्रेरित गरेको अवगत गराए। यस कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश शिवाजी जन्मेदेखि लिएर उनी कसरी छत्रपति बने भन्नेबारेमा मानिसहरूलाई अवगत गराउनु रहेको थियो।










