अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघको सभा सम्पन्न

IMG-20220720-WA0165.jpg

गान्तोक: अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघको एक सभा हिजो पेलिङस्थित एउटा होटलमा सम्पन्न भयो। सिक्किम सरकारका कृषि एवं बाग्वानी विभाग मन्त्री लोक नाथ शर्माको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा खस संगठनका केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष नारायण खतिवडा, सचिव मधु शर्मा, जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। विभिन्न विषयहरूलाई लिएर छलफल गर्ने उदेश्यले आयोजन गरिएको सभामा संगठनको नीति र भावी कार्यक्रमबारे अध्यक्ष नारायण खतिवडाले आफ्नो सम्बोधनमा जानकारी गराए। संगठनले विशेषगरी वर्तमान सरकार तथा मुख्य मन्त्री प्रेम सिंह तामाङलाई नेपाली भाषा मान्यता दिवसको दिन सरकारी विदा घोषणा गरेकोमा अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघको तर्फबाट धन्यवाद दिँदै आभार व्यक्त गऱ्यो। सरकारद्वारा उपलब्ध गराएको जमिन गान्तोकमा यथा शीघ्र खस भवनको निम्ति मुख्यमन्त्रीले शिलान्यास गरिने सभाले निर्णय लिएको छ। यसरी नै तीज पर्वलाई राज्यस्तरीय रूपमा गेजिङमा पालन गरिने पनि चर्चा परिचर्चा भयो। सभालाई सम्बोधन गर्दै मन्त्री लोकनाथ शर्माले वर्तमान सरकारले खस भवनको निम्ति जमिन उपलब्ध गराइ सकेको अवगत गराउँदै ५० लाख रूपियाँ पनि छुट्याइसकेको जानकारी दिए। छुटेका सबै जातिलाई जनजातिको मान्यताको निम्ति वर्तमान सरकारले निरन्तर रूपमा काम गरिरहेको पनि बताए। संगठनले हरेक क्षेत्रमा काम गरिदिने र सरकार तथा आफ्नो पक्षबाट हुने सहयोगहरू संगठनलाई निरन्तर रूपमा दिई रहने पनि वचन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement