मुख्यमन्त्री कोषबाट सोक्पेका पैह्रो प्रभावित १८ परिवारसहित धेरै मानिसहरूलाई सहयोग वितरण

IMG-20230410-WA0169-11-300x172-6

गान्तोक: पूर्व सिक्किमको राक्दोङ-तिन्तेक ब्लक अन्तर्गत सोक्पे गाउँका पैह्रो प्रभावित १८ परिवारलाई मुख्यमन्त्री राहत कोष अन्तर्गत एक-एक लाख रुपियाँ सहयोग राशि प्रदान गरिएको छ।

गत केही महिना अघि गएको पैह्रोले प्रभावित बनेका १८ परिवारलाई घर निर्माणका लागि सरकारले जमिन प्रदान गर्ने भएको छ।

आज प्रदान गरिएको धनराशि प्रभावित परिवारको सहयोगका लागि रहेको छ। उनीहरूको लागि सुरक्षित स्थानमा स्थायी घर निर्माणका लागि जमिन दिइने मुख्यमन्त्री पीएस तामाङले जानकारी दिएका छन्। मुख्यमन्त्री कोषको विभिन्न फण्डबाट आज नै व्यपार-व्यवसाय सञ्चालन गर्न, उपचार गराउन र निर्माण कार्य लगायत धार्मिक स्थलहरूको विकासका लागि पनि धनराशि वितरण भयो।

सम्मान भवनमा आयोजित कार्यक्रम अवधि मुख्यमन्त्री तामाङले मुख्यमन्त्री विवेकाधिन कोषबाट २४ जनालाई, मुख्यमन्त्री स्वास्थ्य सहायता योजनाअन्तर्गत उपचारका लागि दुईजनालाई अनि मुख्यमन्त्री राहत कोषबाट ६ जनालाई सहयोग राशिको चेक मुख्यमन्त्रीले हस्तान्तरण गरे।

मुख्यमन्त्री कार्यालयद्वारा आयोजित कार्यक्रममा उपस्थित लाभार्थीहरूलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले मुख्यमन्त्रीको कोषलाई राज्यका मानिसहरूको हितमा वर्तमान सरकारले सदुपयोग गरेको बताए। मुख्यमन्त्री विवेकाधिन कोष, मुख्यमन्त्री राहत कोष र मुख्यमन्त्री स्वास्थ्य सहायता योजनाको माध्यमबाट सरकारले गरीब तथा आवश्यकतामा परेका मानिसहरूलाई हरसम्भव सहयोग पुऱ्याउँदै आएको उनले बताए।

मानिसहरूलाई गरिने सबै सहयोगलाई चेक मार्फत दिएर सरकारले मुख्यमन्त्री कोषलाई पारदर्शी राखेको र यसबाट सहयोग प्राप्त गरेका मानिसहरूले विभिन्न व्यवसाय सञ्चालन गरेर जीविकोपार्जन गरिरहेका बताए। मुख्यमन्त्री कोषबाट सरकारले ६५ जनालाई एमबीबीएस गरिरहेका र अन्य धेरै गरीब परिवारका विद्यार्थीलाई उच्च शिक्षामा सहयोग गर्दै आएको मुख्यमन्त्रीले जानकारी दिएका छन्।

स्वास्थ्य सहायता योजना अन्तर्गत गरीब परिवारका मानिसहरूलाई किडनी ट्रान्सप्लान्ट गराउन पाँच लाख रुपियाँ, लिभर ट्रान्सप्लान्ट गराउन १० लाख रुपियाँ र लङ्स ट्रान्सप्लान्ट गराउन २० लाख रुपियाँ सम्मको उपचार सहयोग र उपचार गराउन जाँन खर्च समेत मुख्यमन्त्री कार्यालयले मानिसहरूलाई दिंदै आएको जसबाट आवस्थामा परेका धेरै मानिसहरूले सहयोग पाइसकेको उनले जानकारी गराए।

पूर्व सरकारले मुख्यमन्त्री कोषबाट जनतालाई सहयोग गर्नै कुनै ठोष योजना सञ्चालन नगरेको पूर्व सरकारकालमा मुख्यमन्त्री कोषबाट कसैलाई पनि सहयोग पुऱ्याइएका रेकर्ड नरहेको उनले बताए।

जानकारी गराइन्छ, एसकेएम सरकारले मुख्यमन्त्री स्वास्थ्य सहयोग योजनाबाट राज्य बाहिरका अस्पतालहरूमा उपचार गराउ जाने मानिसहरूलाई आवश्यक उपचार खर्च साथै उपचार गराउ जाने व्यवस्था पनि मिलाइदिने गरेको छ। सरकारी कर्मचारीहरू राज्य बाहिरका अस्पतालमा उपचार गराउन जानुपरे उपचार खर्च सरकारी कोषबाट प्रदान गरिन्छ।

तथापी कतिपय सरकारी कर्मचारीले दुवै योजनाको लाभ उठाउने प्रयास गरिरहेका पाइएको जानकारी दिँदै मुख्यमन्त्रीले दोहोरो लाभ उठाउन कान नगर्न होसियारी गराए भने दोहोरो लाभका लागि आवेदन गरिसकेका कर्मचारीलाई विभागले छानबिन गरेर कारबाही गर्ने बताए।

मुख्यमन्त्रीद्वारा विभिन्न योजनाको चेक वितरण गर्न अघि सम्मान भवनमा आज नै केही सङ्घ-संस्था, व्यक्ति विशेष र व्यवसाहिक तथा औद्योगिक संस्थानका प्रतिनिधिले मुख्यमन्त्री पिएस गोलेसँग भेट गरेर राहत कोषका लागि सहयोग चेक हस्तान्तरण गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement