तेञ्जिङ जिग्मी नामग्यालको निधनमा एसडीएफ पार्टीद्वारा शोक प्रकट

IMG-20230410-WA0169-11-300x172-6

गान्तोक: सिक्किमका महाराजा स्वर्गीय छोग्याल सर टासी नामग्यालका नाति तथा राजकुमार स्वर्गीय ग्याल्से जेटी नामग्यालका छोरा तेञ्जिङ जिग्मी नामग्यालको निधन भएको छ।

स्वर्गीय तेञ्जिङ जिग्मी नामग्यालको ६१ वर्षको उमेरमा मुम्बईस्थित स्थानीय एउटा अस्पतालमा निधन भएको थाहा लागेको छ।

स्वर्गीय तेञ्जिङ जिग्मी नामग्यालको असमायिक निधनप्रति एसडीएफ पार्टी तथा पार्टी अध्यक्ष पवन चामलिङले गहिरो शोक प्रकट गर्दै सम्मानपूर्वक श्रद्धाञ्जलि अर्पण गरेको छ।

एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्ष पीडी राईद्वारा आज जारी प्रेस विज्ञप्तिमा एसडीएफले भनेको छ, ‘स्वर्गीय तेञ्जिङ जिग्मी नामग्यालको असमायिक निधनको खबरले सारा सिक्किमलाई स्तब्ध तुल्याएको छ। ६१ वर्षीय स्वर्गीय तेञ्जिङ जिग्मी नामग्याल विगत केही समयअघि देखि मुम्बईस्थित नानावती अस्पतालमा उपचारधीन हुनुहुन्थ्यो।’

एसडीएफ पार्टीले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement