ओलम्पियन आर्चर तरुणदीप राईसँग अन्तरक्रिया कार्यक्रम

IMG_20220720_214915.jpg

नाम्ची: ‘मिट द च्याम्पियन’ अन्तर्गत नाम्ची कन्या उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरूको निम्ति ओलम्पियन आर्चर तरुणदीप राईसँग एक अन्तरक्रिया कार्यक्रम आयोजन गरियो। आजादीको अमृत महोत्सवको ब्यानरमा विद्यालयकै प्रेक्षागृहमा सम्पन्न उक्त कार्यक्रमको आयोजना शिक्षा विभागले केन्द्रिय खेलकुद मन्त्रालयको संयक्त तत्वावधानमा गरेको थियो।
कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरू र ओलम्पियन आर्चरबीच अन्तरक्रियात्मक सत्र सम्पन्न गर्नु रहेको थियो। यस अतिरिक्त, विद्यार्थीहरूमा सन्तुलित आहार, खेलकुद, फिटनेस र स्वस्थ जीवनबारे जागरूकता फैलाउनु यसको अर्को उद्देश्य थियो।
कार्यक्रममा तरुणदीप राईले स्वस्थ जीवनशैली अपनाउनुको महत्वबारे विद्यार्थीहरूलाई बताए। उनले आफ्नो जीवनका अनुभवहरू पनि विद्यार्थीहरू समक्ष साझा गरे। कार्यक्रममा प्रश्नोत्तर प्रतियोगिता आयोजन गरिएको थियो भने विद्यार्थीहरूले रंगारंग सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे।
कार्यक्रममा सम्बन्धित विभागका अधिकारीहरू, नाम्ची र सोरेङ जिल्लाका शिक्षकहरू, विद्यार्थीहरू आदि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement