आजदेखि क्यानडाका नागरिकहरूको लागि ई-भीजा सेवा बहाल

e-tourist-visa_1647421239.jpeg

नयाँ दिल्ली: भारतले बुधवारदेखि क्यानडाका नागरिकहरूको लागि ई-भीजा सेवा पुनः शुरू गरेको छ। सरकारी सूत्रले यसको पुष्टि गरेको छ। क्यानडाले आफ्नो धरतीमा खालिस्तानी आतङ्कवादीहरूलाई शरण दिएको र उनीहरूविरूद्ध कुनै कारबाही नगरेको कारणले भारतले भीजा सेवा निलम्बित गरिदिएको थियो।

यसपूर्व भारतले गत महिना क्यानडामा भारतीय दूतावास औ महावाणिज्य दूतावासबाट कतिपय श्रेणीहरूमा भीजा सेवा बहाल गरेको थियो। त्यसताक क्यानडामा भारतीय उच्चायोगद्वारा जारी बयानमा भनिएको थियो, हालैमा क्यानडाद्वारा गरिएका उपायहरूलाई ध्यानमा राख्दै सुरक्षा स्थितिको समीक्षा गरिएपछि गत २६ अक्टोबरदेखि प्रवेश, बिजनेस, मेडिकल औ सम्मेलनको लागि भीजा सेवालाई पुनः शुरू गर्ने निर्णय लिइएको छ।

उल्लेखनीय छ, क्यानडाका नागरिकहरूको लागि भारतले प्रवेश सम्बन्धी भीजा सेवामाथि गत २१ सेप्टेम्बरमा अस्थायी रोक लगाएको थियो। भारतले क्यानडासित दुई शब्दमा भनेको थियो, उसले आतङ्कवादीहरूलाई सुरक्षित शरण नदेओस् तथा क्यानडामा भारतीय राजनयिकहरूको सुरक्षा सुनिश्चित गरोस्।

यसको कारण स्पष्ट पार्दै विदेश मन्त्रालयले भनेको थियो, क्यानडामा भारतीय उच्चायोग र वाणिज्य दूतावासलाई सुरक्षा सम्बन्धी चिन्ताहरूको सामना गर्न परिरहेको छ। यसबाट उनीहरूको सामान्य कामकाज प्रभावित भएको छ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतको विदेश गुप्तचर एजेन्सी रमाथि क्यानडामा बस्दै आइरहेका खालिस्तानी आतङ्कवादी हरदीप सिंह निज्जरको हत्याको आरोप लगाउने प्रयास गरेका थिए। भारतले यसमाथि कड़ा नीति अप्नाउँदै यसलाई अर्थहीन र प्रेरित बताएको थियो। भारतको भनाइ छ, घरेलू राजनीतिको कारणले क्यानडा सरकारले खालिस्तानीहरूलाई समर्थन गरिरहेको छ जसले खुल्ला रूपमा भारतीय राजनयिक अनि मिशनहरूमाथि आक्रमण गर्ने धम्कीहरू दिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement