अलिपुरद्वार: अलिपुरद्वार जिल्लाका विभिन्न क्षेत्रका मानिसहरू आज दिन रात जंगली जनावरहरूको आतंकमा बिताइरहेका छन्। बिहान उठ्दा बाइसनको डरले उठ्छन् भने बेलुकी हात्तीसँग डराउँछन्। फालाकाटा सहरमा बुधबार बिहानैदेखि बाइसनको आक्रमण सुरु भएको थियो।

फालाकाटाको राईचेंगा क्षेत्रमा चार वटा बिसनको आक्रमणले स्थानीयवासीमा त्रासको वातावरण छ। खबर पाएलगत्तै फालाकाटा पुलिस थाना पुलिस र वन कर्मचारी घटनास्थलमा पुगेका थिए। यसपछि बाइसनलाई त्यहाँबाट भगाएर जंगलमा फर्काइयो।









