भारतीय नौसेनाको ठुलो सफलता

indian-navy-imphal_1700632465.jpeg

विध्वङ्शक इम्फालबाट ब्रह्मोस फायरिङ्गको पहिलो परीक्षण

नयाँ दिल्ली: भारतीय नौसेनाको नवीनतम स्वदेशी निर्देशित मिसाइल विध्वङ्शक इम्फालले बुधवार समुद्रमा आफ्नो पहिलो ब्रह्मोस फायरिङ्गमा ‘बुल्स आई’ स्कोर गऱ्यो। नौसेनाले कुनै जहाज चल्नअघि नै त्योबाट विस्तारित रेञ्जयुक्त ब्रह्मोस मिसाइल परीक्षण गरेको यो पहिलो अवसर हो। परीक्षण अवधि जहाजको लड़ाकू तत्परतासितै भारतको बढ़्दे निर्माण क्षमता, स्वदेशी हतियार अनि प्लेटफर्महरूको विश्वसनीयताको जाँचमाथि फोकस गरियो।

नौसेना प्रवक्ताले बताए अनुसार कमीशनिङ्गपूर्व कुनै युद्धपोतबाट विस्तारित रेञ्ज भएको ब्रह्मोस सुपरसोनिक क्रूज मिसाइलको यो पहिलो परीक्षण हो जसले युद्धको तयारीमाथि भारतीय नौसेनाको अटुट फोकस, आत्मनिर्भर भारतको बढ़्दो जहाज निर्माण क्षमतालाई रेखाङ्कित गर्दछ। ब्रह्मोस मिसाइलले 90 डिग्रीको टर्न लिएर आफ्नो क्षमताको अपेक्षित प्रदर्शन गऱ्यो।

यो जहाजलाई यसै वर्षको गत 20 अक्टोबरमा भारतीय नौसेनालाई मुम्बईको मझगाउँ शिपबिल्डर्सले सुम्पिएको थियो। प्रोजेक्ट-15 बी क्लास स्टील्थ गाइडेड मिसाइल डिस्ट्रयरका चार जहाजहरूमध्ये यो तेस्रो युद्धपोत हो। यसलाई चाँड़ै नै नौसेनिक बेड़ामा सामेल गर्नाले भारतको समुद्री शक्ति बढ़्नेछ।

प्रोजेक्ट 15बी अन्तर्गत तयार गरिएको यो तेस्रो जङ्गी जहाज इम्फाललाई पहिलो पटक यसै वर्षको गत 28 अप्रेलमा समुद्री परीक्षणको लागि प्रस्थान गराइएको थियो। विशाखापत्तनम श्रेणीको स्टील्थ गाइडेड मिसाइल विध्वङ्शकको तेस्रो जहाज आईएनएस इम्फालको निर्माण मझगाउँ डक लिमिटेड (एमडीएल)- मा गरिएको हो। जहाज निर्माणको आधारशिला 19 मई, 2017- मा राखिएको थियो। यो भारतीय नौसेनाको पहिलो जहाज हो जसको नाम पूर्वोत्तर भारतको एक शहरको नाममा राखिएको छ।

नौसेना अनुसार राडारदेखि बच्नमा सक्षम युद्धपोत इम्फाललाई कुनै विशिष्ट तकनिक तथा उच्च स्वदेशी सामग्रीद्वारा लैस गरिएको छ। यसलाई नौसेनाको युद्धपोत डिजाइन ब्यूरोले इन-हाउस डिजाइन गरेको छ। इम्फाललाई अहिलेसम्मकै सबैभन्दा ठूलो र सबैभन्दा उन्नत विध्वङ्शक युद्धपोत भएको अनौठो गौरव प्राप्त हुनेछ। युद्धपोत इम्फाल राष्ट्रिय सुरक्षाको दृष्टिकोणले उत्तर-पूर्वी क्षेत्र औ मणिपुर राज्यको लागि महत्वपूर्ण हुनेछ।

नौसेना अनुसार राडारदेखि बच्नमा सक्षम युद्धपोत इम्फाललाई कुनै विशिष्ट तकनिक तथा उच्च स्वदेशी सामग्रीद्वारा लैस गरिएको छ। यसलाई नौसेनाको युद्धपोत डिजाइन ब्यूरोले इन-हाउस डिजाइन गरेको छ। इम्फाललाई अहिलेसम्मकै सबैभन्दा ठूलो र सबैभन्दा उन्नत विध्वङ्शक युद्धपोत भएको अनौठो गौरव प्राप्त हुनेछ। युद्धपोत इम्फा

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement