रांची: नक्सलीहरूले पुलिसको कारबाहीको विरोधमा भारत बन्दको घोषणा गरेको छ। भाकपा माओवादीको केन्द्रिय कमिटी प्रवक्ता अभयले पत्र जारी गरेर भारत बन्दको घोषणा गरेका छन्।
नक्सली संगठनले १६ देखि २१ दिसम्बरसम्म देशव्यापी प्रचार अभियान चलाउने र २२ दिसम्बरमा भारत बन्द गर्ने बताएको छ। भाकपा माओवादीहरूले जारी गरेको पत्रमा नक्सल मुक्त झारखण्डको नाममा केन्द्रिय बलहरूसॅंग मिलेर झारखण्ड पुलिसले आदिवासी क्षेत्रहरूमा अत्याचार गरिरहेको आरोप लगाइएको छ।
अगस्त २०२२ देखि लिएर अहिलेसम्म लगातार दस्तामाथि हमला भइरहेको र हमलामा पक्रा परेका उनीहरूका साथीहरूलाई मारिरहेको पनि आरोप लगाएको छ। भारत बन्द अवधि दूध, एम्बुलेन्स जस्ता सबै आवश्यक सेवाहरूलाई छुट दिइने कुरा पत्रमा उल्लेख छ।










