कोलकाता: तृणमूल कांग्रेसले हरेक वर्ष जुलाई २१ लाई शहीद दिवसको रूपमा मनाउँछ। भोलि २१ जुलाईमा शहीद दिवसको कार्यक्रम ऐतिहासिक हुने भएको छ। कार्यक्रम स्थल धर्मतल्लाको तयारी लगभग पूरा भएको छ। कार्यक्रमको एक दिन अगाडि मुख्यमन्त्री ममता ब्यानर्जीले आउन सक्ने र नआउन सक्नेले टीभीबाट मात्र कार्यक्रम हेर्ने, आउनेले पुलिस प्रशासनलाई पूर्ण ख्याल गरेर सहयोग गर्ने सन्देश दिएकी छन्।