जोइन्ट फोरम द्वारा बीडीओ कार्यालयमा धरना औ ज्ञापन

IMG-20220519-WA0127.jpg

कालचिनी। पूर्व निर्धारित कार्यक्रम अनुसार जोइन्ट फोरम द्वारा गत तीनदेखि शुरु गरिएको चरणबद्ध धरना कार्यक्रम साथै ज्ञापन कर्मसूचीलाई अघि बढ़ाउने क्रममा आज कालचिनी बीडीओ कार्यालय अघि धरना प्रदर्शन साथै ज्ञापन सुम्पिने कार्यक्रम सम्पन्न भयो।
आज उक्त धरना प्रदर्शनमा जोइन्ट फोरममा रहेका सबै यूनियनहरुको सहभागिता रहेको थियो भने जोइन्ट फोरमका नेताहरु अभिजीत राय, विकास महली, अभिजीत नार्जीनारी, कमल उराँव, पूर्णमान राई आदिले आजको धरनाको विषयवस्तु सहित श्रमिकहरुको दाबी बारेमा आह्वान गर्दै यदि सरकारले चाँढ़ै न्युनतम रोज लागु नगरे औ चिया श्रमिकहरुको लागि घोषणा गरिएको रकम प्रदान नगरे सड़कमा ओर्लिएर आन्दोलन गर्ने चेताउनी दिएका थिए।
धरना प्रदर्शन संगसंगै आज जोइन्ट फोरम द्वारा प्रेषित ज्ञापन कालचिनी बीडीओ समक्ष सुम्पिएको थियो।

जोइन्ट फोरम नेता अभिजीत रायले चिया श्रमिकहरुको न्युनतम रोज लागु गर्नबाट सरकारले विभिन्न प्रकारको बहानाबाजी गरिरहेको र यस्तै भईरहे श्रमिकहरु सबै सड़कमा ओर्लिएर आन्दोलन गर्न बाध्य हुने बताउँदै आगामी ६ जुनको दिन सिलगढ़ीमा उत्तरबङ्गालको सम्पूर्ण चिया श्रमिकहरुले महाऱ्याली गर्ने जनाएका छन।
ज्ञापन मार्फत न्युनतम रोज सम्झौताको ७ साल बितेर जाँदा पनि आजसम्म न्युनतम रोज लागु नभएको र एनएफएसए अन्तर्गत ३५ किलोग्राम रासन बिना कुनै अड़चन प्रदान गरिनु पर्ने, ६० बर्षमा श्रमिकहरुको अवकाश चालू गर्नु पर्ने, २०२१-२२ को बजटमा प्लान्टेशन क्षेत्रको महिला औ बच्चाहरुको लागि आवन्टन गरिएको १ हजार करोड़ रुपियाँ प्रदान गरिनु पर्ने, लेबर कोड चालू नगरेर १९५३ को चिया अधिनियमलाई कार्यन्वित गरिनु पर्ने, चिया श्रमिकहरुलाई भूमिको अधिकार दिईनु पर्ने,पीएफ ग्रेच्युटी समयमा दिईनु पर्ने र अवकाश ग्रहण गरेका श्रमिकहरुलाई मासिक 6 हजार भत्ता चालू गरिनु पर्ने र बन्द कमानहरुलाई खोलेर श्रमिकहरुको जीवन यापन सुव्यवस्थित गरिनु पर्ने आदि मूलभूत दाबीहरु लिएर सरकारी कार्यालय औ पुलिस स्टेशनहरु अघि यो चरणबद्ध धरना कार्यक्रम साथै संयुक्त प्रतिनिधित्वको ज्ञापन सुम्पिने कार्यक्रम चलेको फोरमका नेताहरुले जनाएका छन।
आगामी ६ जुनको दिन सिलगढ़ीको राजमार्गमा चिया श्रमिकहरुको जमायत हुने र त्यसबाट पनि केही नभए श्रमिकहरु रेलमार्ग अवरोध राजमार्ग अवरोध र हड़तालमा ओर्लिनसक्ने चेताउनी समेत जोइन्ट फोरमका नेताहरुले दिएका छन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *