राजकुमार रञ्जन सिंहले गरे फल संरक्षण कारखानाको भ्रमण

n55854269217005905408806f55eb2855ff3d9492a60f151d260f76e962bdfb98cd236d3e637db3a0647193.jpg

गान्तोक: केन्द्रिय विदेश मामिला एवं शिक्षा राज्यमन्त्री डा. राजकुमार रञ्जन सिंहले आज सिङतामस्थित सरकारी फल संरक्षण कारखानाको भ्रमण गरे। राजधानी गान्तोक आउने क्रममा उनले कारखानाको भ्रमण गरेका हुन्।

यस अवधि केन्द्रिय राज्यमन्त्रीको साथमा गान्तोकका विधायक वाईटी लेप्चा, वाणिज्य एवं उद्योग विभागका निदेशक रवि कुमार तथा विभागीय अधिकारीहरू पनि उपस्थित थिए।

केन्द्रिय राज्यमन्त्री सिंहले सरकारी फल संरक्षण कारखानाकी प्रबन्ध निदेशक चन्दारानी राईसॅंग भेट गरे। उनले कारखानाको भ्रमण गरेर कर्मचारीहरू र कामदारहरूसॅंग अन्तरक्रिया गरे। उनलाई कारखानाको बारेमा जानकारी गराइएको थियो।

केन्द्रिय राज्यमन्त्री डा. सिंह आज तीन दिवसीय भ्रमणमा सिक्किम आएका हुन्। उनले आफ्नो भ्रमण अवधि सिक्किममा विभिन्न उद्योगहरूको भ्रमण गर्नेछन्। यसैगरी, आगामी २३ नोभेम्बरमा ‘निर्यात वृद्धिका लागि निर्यातकर्ताहरुको क्षमता अभिवृद्धि’ विषयक कार्यक्रममा पनि सहभागी बन्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement