पाकिम: भारत सरकारका विदेश मामिला तथा शिक्षा राज्यमन्त्री डा राजकुमार रञ्जन सिंह आज सिक्किम आइपुगेका छन्। सिक्किमको तीनदिने औपचारिक भ्रमणका क्रममा राज्यमन्त्रीले आगामी २३ नोभेम्बरको दिन सिक्किमबाट निर्यात बढाउनका लागि निर्यातकर्ताहरूको क्षमता निर्माणसम्बन्धी कार्यक्रममा भाग लिनेछन्।
सिक्किम आगमनको क्र्मा आज राज्यको प्रवेशद्वार रम्फूमा गान्तोकका भाजपा विधायक वाइटी लेप्चा, रम्फूका महकूमा अधिकारी श्रीमती सुजाता सुब्बा साथै विभिन्न विभागका अघिकारीहरूले केन्द्रीय मन्त्रीलाई स्वागत जनाएका थिए।
पछि केन्द्रीय मन्त्रीले दक्षिण सिक्किमको तिमी चिया बगानको भ्रमण गरे। उनको साथमा विधायक वाइटी लेप्चा र तिमी चिया बोर्डका अध्यक्ष टाशी छिरिङ भोटिया र तिमी चिया बगानका प्रवन्धन निर्देशक रवी कुमार पनि थिए। भ्रमण अवधि प्रवन्धन निर्देशक रवी कुमारले केन्द्रीय मन्त्रीलाई तिमी चिया बगान बारे विस्तृत रुपमा जानकारी गराए। यस अवसरमा केन्द्रीय मन्त्रीले तिमी चिया बगानमा उत्पादन गरिने विभिन्न जैविक चियाको स्वाद पनि लिए।

उल्लेखनीय छ, यस तीन दिने सिक्किम भ्रमण अवधि विदेश मामिला तथा शिक्षा राज्यमन्त्री डा राजकुमार रञ्जन सिंहले सिक्किम सरकारको सिक्किम सुप्रिम फूड प्रिजरवेशन सेन्टर, जिल्ला हस्तकला एवं हतकर्धा केन्द्र, पासपोर्ट सेवा केन्द्र आदिको पनि भ्रमण गर्नेछन्।










