सिक्किम पुलिसका पूर्व पुलिस महानिदेशक एसडी नेगीको निधनप्रति मुख्यमन्त्रीले जनाए शोक प्रकट

IMG-20231121-WA0264.jpg

गान्तोक: सिक्किम पुलिसका पूर्व पुलिस महानिदेशक एसडी नेगीको निधन भयो। प्राप्त जानकारी अनुसार, हृदयाघातको कारण गत राति उनको आफ्नै पैतृक स्थल हिमाचल प्रदेशको किन्नौरमा अन्तिम श्वास फेरे। उनी १९८७ ब्याचका सिक्किम क्याडर आईपीएस अधिकारी थिए अनि सिक्किम राज्यका पुलिस महानिदेशकको पदसम्म पुगेर सेवा दिएका थिए। वर्ष २०२१-मा उनी सरकारी नौकरीबाट सेवा‌निवृत्त भएका‌ थिए। उनलाई लामो समयसम्म कुशल पुलिस अधिकारीको रूप चिनिन्छ भने पुलिस विभाग बाहेक स्वार्गीय नेगी राजभवनका अतिरिक्त मुख्य सचिव अनि श्रम विभागको सचिवकोरूपमा पनि कार्यरत थिए।

आईपीएस अधिकारी बन्नुअघि उनले राष्ट्रिय दैनिक अंग्रेजी पत्रिका टाइम्स अफ् इण्डियाबाट पत्रकारकोरूपमा गरेका थिए। उनको निधनप्रति राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले हार्दिक संवेदना प्रकट गर्दै मृतकका आत्मले शान्ति पाउन भनि प्रार्थना गरेका छन्। यसका साथै यस शोकाकुल घडमी ईश्वरले मृतकका परिवारलाई ईश्वरले सहन गर्ने शक्ति प्रदान गरून भनि उने कामना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement