फाँसीदेवाको कमला चियाकमानमा झुन्डिएर आत्महत्या गरेको युवकको लाश उद्धार

IMG-20230528-WA0320-5-300x172-6

फाँसीदेवा: फाँसीदेवा घोषपुकुर अञ्चलको कमला चियाकमान संलग्न सारा लाइन इलाकामा झुन्डिएको अवस्थामा युवकको लाश उद्धार भएको छ। मृतक युवकको नाम आशिष मिञ्ज बताइएको छ। प्राप्त जानकारी अनुसार केही दिन अघि आशिषको आमा बाइक दुर्घटनामा परेर गम्भीर रूपमा घाइते भएपछि उत्तरबंग मेडिकल कलेज अस्पतालमा उपचाराधीन अवस्थामा छिन्। आशिष आज घरबाट निस्केपछि गयागङ्गा चियाकमानको एउटा रुखमा घाटीमा पासो लगाएर आत्महत्या गरेको बताइएको छ। घटनाको खबर पाएर घोषपुकुर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर लाश उद्धार गरेपछि फाँसीदेवा ग्रामीण अस्पतालमा लगेको छ भने भोलि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइनेछ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement