विभागीय रूपमा जाँचको आदेश
दार्जिलिङ: दार्जिलिङ जिल्ला अस्पतालको लापरवाहीबाट एक गर्भवती महिलाको मृत्यु भएको परिवार पक्षले आज आरोप लगाएका छन्। उनीहरुले महिलाको मृत्युको छानबीन गर्न मेडिकल कमिटी गठन गर्न र चिकित्सकलाई कडा कार्बाही गर्ने माग गरेका छन् भने मांग पूरा नभएसम्म शव नउठाउने अडान राखेका छन्। उक्त परिवारलाई रेलिङ–कैजले निर्वाचन क्षेत्रका जीटीए सभासद सतीश पोखरेलले पनि साथ दिएका छन्। उनले उक्त मांगल जीटीएको स्वास्थ्य विभागको कार्यकारी सभासद अरूण सिंग्ची समक्ष राखेका थिए भने जीटीए स्वास्थ्य विभागका सभासद अरुण सिग्चीले फोनमा आश्वासन दिँदै २४ घण्टाभित्र उक्त घटनाको छानबीन गर्न आदेश दिएका छन्।
पीडित महिलालाई गत १६ नोभेम्बरको दिन अस्पतालमा भर्ना गरिएको थियो। परिवारका सदस्यले आफुलाई हेर्ने डाक्टरले अर्कै डाक्टरलाई रेफर गरेको आरोप लगाएका छन्।चिकित्सकको लापरवाहीले मृत्यु भएको उनीहरुको आरोप रहेको छ। यस घटना विषयमा सीएमओएचले आफ्नो स्पष्टीकरण दिएका छन् भने सभासद सतीश पोख्रेलले पनि यस विषयमा पत्रकारहरूलाई सम्बोधन गरेका थिए। त्यसरी नै परिवार पक्षबाट गीता छेत्रीले पत्रकारहरूलाई सम्बोधन गर्दै विस्तृत रूपमा यसरी जनाएका छन्।










