नयाँ दिल्ली: ‘खतरों के खिलाडी’ शोका धेरै सिजनहरू सबैले हेरेकै छन् होला, तर यस पटक शोको नयाँ सिजनमा खतराको स्तर दोब्बर भएको छ। यस पटक प्रतियोगीहरूले जंगली जनावरसँग कीराहरूसम्म खतरनाक स्टन्ट गरेको देखिन्छ। शोको नयाँ एपिसोडमा यस्तो भयो, जुन सुन्दा अचम्म लाग्छ। शोको पछिल्लो एपिसोडमा डेन्जर जोनमा आएका सेलिब्रेटीहरूले मुखमा कीरा राखेर स्टन्ट गर्नुपरेको थियो। तीन राउन्ड थियो। पहिलो राउण्डमा साङ्लो, दोस्रो राउण्डमा शंख र तेस्रो राउण्डमा गँड्यौलाले कोड सम्झेर डिजिटल लक खोल्ने काम थियो। यो स्टन्ट दुईजनाको समूहमा ६ जना सेलिब्रेटीले गरेका थिए। पहिलो राउण्डमा शिवांगी जोशी र अनेरी वजानी, दोस्रो राउण्डमा प्रतीक सहजपाल र सृति झा र तेस्रो राउण्डमा चेतना पाण्डे र राजीव आडतियाले प्रतिस्पर्धा गरेका थिए।
तर स्टन्ट गर्ने क्रममा चेतना पाण्डेको पेटमा एउटा गँड्यौला पस्यो, किनकी सबै किरा जिउँदो थिए र चेतना पाण्डेले गँड्यौलालाई मुखभित्र राख्दा एउटा उनको पेटमा पस्यो। तर पनि चेतना पाण्डेले आफ्नो टास्क पूरा गरेर जितिन्। तर स्टन्ट पूरा गरेपछि चेतना रुन थाल्छे र उनको पेटमा गँड्यौला पसेको बताउँछिन्। यो सुनेर रोहित शेट्टी भन्छन्, ‘पेटमा गँड्यौला पुग्यो भने केही हुँदैनl’ शोमा कीराहरूसँग धेरै टास्कहरू भएका छन्, तर सेलिब्रेटीहरू विरलै आफ्नो मुखभित्र कीरा राखेर स्टन्ट गरेको देखिन्छ। यो सिजनमा एकभन्दा बढी खतरनाक स्टन्ट देखिएका छन्। जङ्गली जनावरदेखि सर्प र बिच्छीसम्म, सेलिब्रेटीहरूले साहसपूर्वक उनीहरूको डरको सामना गरिरहेका छन्। यो शोले दर्शकलाई निकै मनोरञ्जन दिइरहेको छ र शुरुदेखि नै टीभीको नम्बर एक शो बनेको छ।