उत्तरकाशीको सुरुङभित्र मजदुरसम्म पुग्यो क्यामेरा

Uttarkashi

उत्तरकाशी: उत्तराखण्डको उत्तरकाशीमा विगत १० दिनदेखि ४१ जना मजदुरहरू फसेका छन्। उनीहरुलाई बाहिर निकाल्ने प्रयास जारी छ। यसैबीच पहिलो पटक सुरुङभित्र कामदार फसेको भिडियो सार्वजनिक भएको छ। यो भिडियोमा सुरुङ भित्रका मजदुरहरुको अवस्था के छ प्रष्ट देख्न सकिन्छ। उत्तरकाशीको सिल्क्यरा सुरुङमा कामदार फसेको ठाउँमा सीसीटीभी क्यामेरा पुगेको यो पहिलो पटक हो।

भारत सरकारको प्रयासमा सुरुङभित्र फसेका ४१ जना मजदुरसम्म क्यामेरा पुगेको छ। यो क्यामेरा ६ इन्चको पाइपसहित पठाइएको छ। यो पाइपको सहयोगमा खिचडी पनि पठाइएको छ। खिचडीलाई बोतलमा प्याक गरेर पठाइएको छ। क्यामेराको सहायताले भित्रको वास्तविक अवस्था थाहा पाउन सकिन्छ। भित्र पूर्ण बत्तीको व्यवस्था छ, भिडियोमा कामदारहरु सेफ्टी हेल्मेट लगाएको देख्न सकिन्छ। सुरुङ खन्ने क्रममा पहिरो गएपछि ४१ जना कामदार विगत १० दिनदेखि सुरुङमा फसेका छन्। भिडियो हेरेर भित्र फसेका सबै कामदार पूर्णरुपमा सकुशल रहेको भन्न सकिन्छ। उनीहरुलाई कुनै प्रकारको समस्या छैन। अहिले उनीहरुलाई जतिसक्दो चाँडो बाहिर निकाल्ने प्रयास भइरहेको छ। सुरुङमा ५३ मिटर लामो पाइप ड्रिलिंग गरेर पुर्‍याइयो। यसअघि सुरुङमा कामदारलाई अक्सिजन, हल्का खाना, ड्राईफ्रुट्स, औषधि र पानी पुर्‍याउन चार इन्चको पाइप प्रयोग हुँदै आएको थियो। नयाँ पाइपलाई दोस्रो ‘लाइफलाइन’ भनिएको छ। साथै, डीआरडीओले कामदारहरूलाई बाहिर निकाल्ने विकल्प खोज्न ड्रोन र रोबोटहरू पनि तैनाथ गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *