दार्जिलिङ: दार्जिलिङमा महिलाको मृत्युको उच्च स्तरीय जाँच गरिनु पर्ने मांग गर्दै हाम्रो पार्टी अध्यक्ष एंव निर्वाचित सभासद अजय एडवाडर्सले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्र लेखेका छन्। दार्जीलिङ जिल्ला अस्पतालमा एक महिलाको निधनको घटनाले पहाडमा शोकको माहौल छाएको छ। गत १६ नोभेम्बरको दिन लिङ्तेन बस्तीको एक महिला डेलिवेरीको निम्ति जिल्ला अस्पतालमा भर्ना भएका थिए। हिज सोमबार उनको सिजरद्वारा नानीको जन्म भएको थियो। आज बिहान फेरि जिल्ला अस्पतालको डाक्टरले दोस्रो पटक अप्रेशन गर्दा उक्त महिलाको निधन भएको हो भन्ने परिवारक पक्षको भनाई छ।परिवार पक्ष लगायत गाउँलेहरूले उक्त महिलाको मृत्यु डाक्टरहरूको लापरवाहीको कारणले भएको हो भन्ने भनाई छ। यी विषयहरूलाई ध्यानमा राख्दै हाम्रो पार्टी अध्यक्ष एंव निर्वाचित सभासद अजय एडवाडर्सले महिलाको निधनप्रति गहिरो शोक प्रकट गर्दै घटनाको उच्च स्तरीय कमिटि गठन गरेर जाँच गरिनु पर्ने मांग गरेको छ।हाम्रो पार्टी अध्यक्ष एंव निर्वाचित सभासद अजय एडवाडर्सले मुख्यमन्त्री ममता ब्यानर्जीलाई लेखेको पत्रमा आमाको निधनले नवजात शिशुको अवस्था देखेर कुनै पनि मानिसको हृदय गलेर आउँछ। आमाको निधन कसरी भयो, यसको निम्ति उच्च स्तरीय कमिटीेको गठन गरेर घटनाको जाँच हुन अति नै जरूरी छ साथै जाँच कार्यमा कुनै पनि अधिकारी एंव कर्मचारीहरूको लापरवाही भेट्टाएको खण्डमा उनीमाथि कार्वाही गरिनुपर्छ भन्ने उनले मांग गरेका छन्।










