ग्वालाहरूलाई लिएर याङगाङमा सचेतना साथै समावेशी कार्यक्रम आयोजित

IMG-20230410-WA0169-11-300x172-6

गान्तोक: राज्यका ग्वालाहरूलाई गाई पालन सम्बन्धमा जागरूक गराउने उद्देश्यसहित सिक्किम मिल्क यूनियनले धारावाहिक रूपमा राज्यका सबै निर्वाचन क्षेत्रहरूमा जनचेतना अनि ग्वाला समावेशी कार्यक्रम आयोजना गरिरहेको छ।

यसै क्रममा आज दक्षिण जिल्लाको याङगाङ खण्ड प्रशासनिक कार्यालयको प्रेक्षगृहममा सिक्किम मिल्क यूनियनले क्षेत्रका ग्वालाहरुलाई लिएर जनचेतना अनि ग्वाला समावेशी कार्यक्रम सम्पन्न गऱ्यो।

आजको कार्यक्रममा सिक्किम मिल्क यूनियनका अध्यक्ष यमप्रसाद शर्मा मुख्य अतिथिकोरुपमा उपस्थित रहेका थिए। यसरी नै कार्यक्रममा सिक्किम मिल्क युनियनका प्रवन्धक निदेशक डा. तिलक घतानी, भेटनरी अधिकारी डा. प्रेरणा प्रधान, सिस्को ब्याङ्कका प्रतिनिधि लगायत अन्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित ग्वालाहरुलाई वर्तमान सरकारले ग्वालाहरूको हितमा गरिरहेको विभिन्न योजनाहरूबारे वृत्तचित्र मार्फत जानकारी गराइयो।

कार्यक्रमलाई सम्बोधन गर्दै मिल्क यूनियनका प्रवन्धक निदेशक डा. तिलक घतानीले अब कृषकहरूले दूधको गुणस्तरमा पनि ध्यान दिनुपर्ने ग्वालाहरुलाई परामर्श दिए। दूधको मात्रा अनि गुणस्तरमा वृद्धि गर्नको निम्ति गाईलाई के कस्ता आहार अनि कति मात्रामा दिनुपर्ने विषयमा ग्वालाहरुलाई विस्तृतरूपमा जानकारी गराए।

गाई गोठको व्यवस्थापन अनि गाईसँग गर्नुपर्ने व्यवहारमाथि पनि ग्वालाहरुलाई तकनिकी जानकारी गराए। ग्वालाहरुले अब गाईपालन व्यवसायिक रूपमा गर्नुपर्ने कुरामा पनि उनले जोड दिए। उनले आज कार्यक्रममा ग्वालाहरूले भोग्न परिरहेको विभिन्न प्रकारको समस्यामाथि अन्तरक्रिया गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै यूनियन अध्यक्ष यम प्रसाद शर्माले वर्तमान सरकारले ग्वालाहरुको हितमा गरिरहेको विभिन्न कार्यक्रम अनि शुरु गरेको योजनाहरूबारे जानकारी गराए। यसका साथै भेटनेरी अधिकारी डा. प्रेरणा प्रधानले अहिले राज्यमा गाईमा देखिएको लम्पी रोगको रोकथामबारे ग्वालाहरुलाई अवगत गराइन्।

आजको कार्यक्रममा सिस्को व्याङ्कबाट आएका प्रतिनिधिहरूले ग्वालाहरुले के कस्ता ऋणहरु प्राप्त गर्न सक्छन् भन्ने विषयमा विस्तृत जानकारी दिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *