कोलकाताः कोलकातामा बुजुर्ग दम्पत्तिको मृत्युको रहस्य अझ् गहिरिन्दै गइऱहेछ। दम्पत्तिको शव आनन्दपुर क्षेत्रको एक आवासमा भेटिएको छ। पुलिस अनुसार, पत्नीको हत्या गरेपछि बुजुर्गले आवासको चौथो तलाबाट हाम फालेर आत्महत्या गऱ्यो। आनन्दपुर थाना पुलिस घटनाको जाँचमा जुटेको छ।
पुलिस सूत्रहरू अनुसार, ७५ वर्षीय अमूल्य समाद्दारले सोमवार राति आवासको चौथो तलबाट हाम फाले। हल्ला सुनेर स्थानीय मानिसहरू तुरन्तै घटनास्थलमा पुगे र पछि वृद्धको फ्ल्याटमा गएर हेर्दा पत्नी गीता समाद्दारको शव लड़ेको देखे। यसपछि उनीहरूलाई पुलिसलाई सूचना दिए। जसपछि पुलिस टीम घटनास्थलमा पुग्यो र शवलाई आफ्नो कब्जामा लियो।
बुजुर्गकी पत्नी गीताको शरीरमा चोटको निशान छ। पुलिस सूत्रहरू अनुसार, ६३ वर्षीय गीता गत १० वर्षदेखि लकवाग्रस्त थिइन् जबकि अमूल्य लामो समयदेखि मुटुको रोगले पीड़ित थिए। उनलाई मंगलवार अस्पतालमा भर्ती गराइनुथियो। जाँचकर्ताको अनुमान अनुसार, बुजुर्ग चिकित्सा खर्चा र रोगको कारण आफ्नी पत्नीको हत्या गरी आत्महत्या गऱ्यो। दम्पत्ति फ्ल्याटमा एक्लै बस्थे। यद्यपि, पुलिसले यस घटनाको पछाड़ी अन्य कुनै कारण छ वा छैन, यसको जाँच गरिरहेछ।
-हिस