कोलकाताः कोलकाता पुलिसले भारी मात्रामा नगदी जफत गरेको छ र यस क्रममा एक व्यक्तिलाई पक्राउ गरेको छ। कोलकाता पुलिसका एक अधिकारीले भने, पक्रा परेको व्यक्तिको पहिचान अमन सिद्दीकीको रूपमा गरिएको छ, जसलाई मंगलवार कोलकाताको एक निजी अदालतमा पेश गरिनेछ औं सरकारी उकीलले अघिको सोधपुछको निम्ति उसलाई हिरासतमा लिने माग गर्नेछ।
पुलिस अनुसार, मध्य कोलकाताको व्यापारिक केन्द्र पोस्तामा नगदीको सम्भावित आदान-प्रदानको सूचना पाएपछि सोमवार राति सादा लुगामा कर्मी घटनास्थलमा पुगे। घटनास्थलमा उनीहरूलेले सिद्दीकीलाई एउटा ठूलो ट्रली-ब्यागको साथ देखे।कर्मीहरूले उसलाई रोकेर ट्रली ब्याग खोलेर हर्दा त्यसबाट ५६ लाख रूपियाँको ठूलो भारतीय राशि जफत भयो। जब धनको श्रोतबारे सोधियो तब सिद्दीकीले कुनै जवाफ दिन सकेन, जसपछि उसलाई पक्राउ गरियो औं ब्याग जफत गरियो।
-हिस