दलसिंगपाड़ा स्पोर्टस एकाडमी क्वार्टर फाइनलमा

IMG-20220720-WA0149.jpg

२० जुलाईः रामझोड़ा फूटबल कमिटीको तत्त्वावधानमा आयोजित रामझोड़ा टी.जी. फूटबल अनर कप २०२२-मा दलसिंगपाड़ा स्पोर्टस एकाडमी क्वार्टर फाइनलमा पुग्यो। रामझोड़ा टी.जी. फ्याक्ट्री लाइन मैदानमा जारी यस टुर्नामेण्टअन्तर्गत बुधवार भएको पूल बी-को म्याचमा दलसिंगपाड़ा स्पोर्टस एकाडमी (डीएसए)-ले सोल्खापाड़ालाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सुजल मुण्डा (पोग्बा), सौरभ रोय र अभिषेक भुजेलले १-१ गोल गरे। विजेता टीमका सुजल मुण्डालाई प्लेयर अव् द म्याच चयन गरियो। आज भएको म्याच शुरुवाती राउण्डको अन्तिम म्याच थियो। अब २४ जुलाईमा खेलिने पहिलो क्वार्टर फाइनलमा उज्जल इलेभेन (टुक्राखास) र वी युनाइटेड (जयगाउँ)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल म्याच २ र ४ अगस्तमा खेलिनेछ। यसरी नै फाइनल म्याच ७ अगस्तमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ५० हजार रुपियाँको साथमा आकर्षक ट्रफी प्रदान गरिनेछ। यसरी नै उपविजेता टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement