सड़क दुर्घटनामा युवक घाइते

IMG-20230528-WA0320-5-300x172-6

जलपाइगढ़ीः सड़क दुर्घटनामा एक युवक घाइते भएको छ। घटना सोमवार अबेर राति सिलगढ़ी-जलपाइगढ़ी ऱाष्ट्रिय राजमार्गमा राजगञ्जब्लकको गन्डारमोर क्षेत्रको हो। घाइते युवकको नाम देवा राय बताइएको छ।

स्थानीय सूत्रहरू अनुसार, गन्डारमोर क्षेत्रमा युवक बाइकमा स़ड़क नाघिरहेको थियो, त्यही समय जलपाइगढ़ीतिरबाट आइरहेको ट्रकले उसलाई हिर्कायो। जसबाट युवक बाइकसित सड़कमा लड्यो। घटनापछि चालक ट्रक छोड़ेर भाग्यो।

स्थानीय मानिसहरूले घाइते युवकलाई फुलबाड़ीको एक निजी अस्पतालमा पुऱ्याए। घटनाको सूचना पाएर आमबाड़ी चौकी पुलिस घटनास्थलमा पुग्यो र दुवै वाहनलाई थाना लग्यो। पुलिस पूरा घटनाको जाँचमा जुटेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *