सिलक्यारा रेस्क्यूलाई लिएर प्रधानमन्त्रीले उत्तराखण्डको मुख्यमन्त्रीलाई चौथो पटक फोन गरे

1562dhami.jpg

देहरादून: प्रधानमन्त्री नरेन्द्र मोदी उत्तरकाशीको सिलक्यारा सुरूङ्गमा फसेका श्रमिकहरूको सकुशल फिर्तीलाई लिएर चिन्तित छन्। प्रधानमन्त्रीले मङ्गलवार बिहान चौथो पटक मुख्यमन्त्री पुष्कर सिंह धामीलाई फोन गरी त्यहाँ भइरहेको राहत अनि बचाउ कार्यहरूको जानकारी लिए।

प्रधानमन्त्रीले भने, सुरूङ्मा फसेका श्रमिकहरूलाई सुरक्षित बाहिर निकाल्नु सरकारको सर्वोच्च प्राथमिकता हो।

मुख्यमन्त्री पुष्कर सिंह धामीले सोशल मीडिया पोस्टको माध्यमबाट प्रधानमन्त्रीसित बातचित भएको जानकारी दिए। मुख्यमन्त्री अनुसार प्रधानमन्त्रीले आज फेरि फोन गरेर सिलक्यारा, उत्तरकाशीमा निर्माणाधिन सुरूङ्गमा फसेका श्रमिकहरूको राहत अनि बचाउ कार्यहरूको जानकारी लिए।

यस अवधि मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई बताए, ६ इञ्च व्यास भएको पाइप लाइनलाई सफलतापूर्वक माटोको वारपार गरियो। यसको माध्यमबाट भोजन सहित अन्य आवश्यक सामग्री श्रमिकहरूसम्म पुऱ्याइएको जानकारी छ। प्रधानमन्त्रीलाई श्रमिकहरूसित एण्डोस्कोपिक फ्लेक्सी क्यामराको सहयोगबाट भएको बातचितको जानकारी पनि दिइयो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *