जलपाइगढीः जलपाइगढी जिल्लाको मैनागढीमा एक महिलाको रहस्यमय मृत्युले हलचल मच्चाएको छ। घटना सोमबार मैनागढी ब्लकको भोटापट्टी पश्चिम हरमती क्षेत्रमा भएको हो। मृतक महिलाको नाम रिंकु मण्डल (३७) रहेको बताइएको छ। पुलिसले शव बरामद गरेको छ। पुलिसले मंगलबार शवलाई पोस्टमार्टमको लागि जलपाइगढी शवगृहमा पठाएको छ। उनले हिजो आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको पारिवारिक स्रोतले जनाएको छ। परिवारका सदस्यले थाहा पाएपछि तत्कालै उनलाई मैनागढी ग्रामीण अस्पताल पुर्याए जहाँ ड्युटीमा रहेका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। पुलिसले शव बरामद गरी मंगलबार पोस्टमार्टमको लागि जलपाइगढी शवगृहमा पठाएको छ।










