मयनागढ़ी: आमा–छोराको रहस्यमय मृत्युले मंगलवार मयनागढ़ी शहरमा सनसनी फैलेको छ। घटना वार्ड नम्बर १२ बाट अघि आएको छ। मृतकहरूको पहिचान सविता बर्मन (६५) र छोरा परिमल बर्मन (४५) को रूपमा गरिएको छ।
सूत्रहरू अनुसार, स्थानीय मानिसहरूले आज बिहान धान बारीमा परिमल बर्मनको शव देखे। सूचना पाएर मयनागढ़ी थाना पुलिस घटनास्थलमा पुग्यो। जसपछि धान बारीबाट परिमलको शव आफ्नो कब्जामा लियो। मयनागढ़ी थाना पुलिसले आज बिहान घऱभित्रबाट सविता देवीको शव आफ्नो कब्जामा लिएको छ जबकि घरदेखि ५० मीटर टाढ़ा धान बारीमा परिमलको शव फेला परेको छ।

परिमल होमगार्डको रूपमा काम गर्थ्यो। यसपछि पुलिस वार्ड नम्बर १२ देवी नगर स्थित उसको घर पुग्दा घरको सबै दैलो खुल्ला थियो। उसकी आमा सविताको शव घरको भूईमा लड़ेको थियो। जसलाई देखेर पुलिस हैरान रह्यो। प्रारम्भिक रूपमा यो दोहोरो हत्याकाण्डको मामिला बताइँदैछ। मयनागढ़ी थाना पुलिस घटनाको जाँचमा जुटेको छ।









