कालचिनी: बक्सा ब्याघ्र प्रकल्प अन्तर्गत पुर्व दमनपुर रेञ्जको आयोजनामा आज दमनपुर हाइस्कूलमा बन महोत्सव कार्यक्रम सम्पन्न गरिएको बन विभागले जनाएका छन। उक्त कार्यक्रम अन्तर्गत आज बन विभागले ५०० भन्दा अधिक विभिन्न छाँयादार रुखको बिरुवाहरु साथै फलफूल औ हर्बल बिरुवाहरुको वितरण स्कूले छात्राहरु लगायत स्थानीय बासिन्दाहरुलाई प्रदान गरेको थियो।

यस अवसरमा आज बन विभागले स्कूले विद्यार्थीहरु लिएर रुख रोपौँ पर्यावरण बचाऔँ आदि नारासहित ऱ्याली पनि निकालेको थियो।

कार्यक्रममा पूर्व दमनपुर रेञ्जका अधिकारी औ बनकर्मीहरु लगायत दमनपुर हाइस्कूलका शिक्षक शिक्षिकाहरुले अंशग्रहण गरेको थियो।










