मोटरसाइकल चोर गुटको मुख्य सदस्य पक्राउ

IMG-20231121-WA0199.jpg

सिलगढ़ी: नक्सलबाड़ी थाना पुलिसले मोटरसाइकल चोर गुटका मुख्य सदस्यलाई हिजो राति पक्राउ गरेको छ। पक्रा परेको आऱोपितको नाम रवि दास (नक्सलबाड़ीको बड़ा मोनीरात जोत निवासी) बताइएको छ।

यसअघि पुलिसले मोहम्मद साबिर आलमलाई पक्राउ गरिसकेको छ।

वस्तुतः नक्सलबाड़ी थाना अन्तर्गत क्षेत्रमा लगातार मोटरसाइकलको चोरीको घटना घटिसकेको छ। जसको शिकायत थानामा दर्ता भएपछि पुलिसले जाँच शुरू गऱ्यो। यस अवधि पुलिसले मोहम्मद साबिर आलमलाई पक्राउ गऱ्यो। जब पुलिसले साबिरसित सोधपुछ गऱ्यो तब गुटको मुख्य सदस्य रवि दासको नाम अघि आयो। जसपछि पुलिसले हिजो राति रवि दासलाई पक्राउ गऱ्यो। पुलिसले एउटा मोटरसाइकल पनि जफत गरेको छ। पुलिस अघिको कारबाहीमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement