नयाँ दिल्ली: इजराइलले पाकिस्तानबाट सञ्चालित हुने लश्कर-ए-तैयबालाई आतङ्कवादी सङ्गठन घोषित गरेको छ। मुम्बईमा भएको २६/११-को आतङ्कवादी आक्रमणको १५औं वर्षगाँठपूर्व इजरायलले यसलाई आतङ्कवादी सङ्गठनहरूको सूचीमा सामेल गरेको छ।
इजराइलको नयाँ दिल्लीस्थित दूतावासले मङ्गलवार जारी एक बयानमा भन्यो, यस सम्बन्धमा भारतको तर्फबाट कुनै किसिमको अनुरोध प्राप्त भएको छैन, तर उसले सबै प्रक्रियाहरू पूरा गरिसकेको छ। इजरायलको अवैधानिक आतङ्कवादी सङ्गठनहरूको सूचीमा लश्कर-ए-तैयबालाई सामेल गरिएको छ। इजरायलको भनाइ छ, आतङ्कवादको सामना गर्नका लागि एक एकीकृत वैश्विक फ्रण्टको महत्वलाई रेखाङ्कित गर्दै उक्त घोषणा गरिएको हो।
बयानमा भनिएको छ, लश्कर-ए-तैयबा एक घातक सङ्गठन हो जुन भारत सहित अन्य देशहरूका धेरैजना नागरिकहरूको हत्यामा सामेल रहेको छ। इजरायलले मुम्बईको आतङ्कवादी आक्रमणमा परी ज्यान गुमाउनेहरूको परिवारप्रति समवेदना व्यक्त गर्दै भनेको छ, हामी सबै एक शान्तिपूर्ण भविष्यको आशामा एक छौं।
उल्लेख्य, मुम्बईमा २६ नोभेम्बर, २००८-मा पाकिस्तानबाट आएका लश्कर-ए-तैयबाका आतङ्कवादीहरूले आक्रमण गरेका थिए जसमा १६६ जना मानिसहरूको मृत्यु भएको थियो भने २३८ जना घाइते भएका थिए।










