काेचबिहार: काेचबिहार जिल्लाको दिनहाटा-१ नम्बर ब्लकको गीतालदह-२ नम्बर ग्राम पञ्चायतको नवनी गाउँमा सडक किनारको एउटा पोखरीबाट बम उद्धार भएको छ। स्थानीय मानिसहरूले बताएअनुसार आज बिहान सड़कबाट हिँड्नेहरूले सड़क छेउ पोखरीमा बम देखे। घटनाबारे दिनहाटा थाना पुलिसलाई जानकारी गराइयो। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर उक्त बम उद्धार गरेको छ। उक्त बम केही दिनअघि त्यहाँ राखेकोले गर्दा पानीमा भिजेर बम निष्क्रिय भइसकेको पुलिसले प्राथमिक अनुमान लगाएको छ। स्थानीय मानिसहरूको सुरक्षालाई ध्यानमा राखेर पुलिसले उक्त बम त्यहाँबाट हटाइदिनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।








