कालचिनी: आज विहान प्रायः १० बजी कालचिनी ट्रली लाईन जाने मूल सड़कमा एउटा घाईते स्याललाई सड़कमा हिँड़ने मानिसहरुले देखेर यसको जानकारी बन विभागलाई दिएको थियो। घटनास्थलमा वाइल्डलाइफ मोबाइल स्क्वाइड २ का बनकर्मीहरु पुगेर उक्त अधमरो स्याललाई उद्धार गरेर यसको उपचारको निम्ति राजाभातखावा स्थित वन्यजीव उपचार केन्द्रमा लगेको थियो।
घटना सम्बन्धमा पाना रेञ्जर अंकन नन्दीले उद्धार भएको स्याल नर पूर्ण वयस्क रहेको र सम्भवतः उक्त जंंगली स्याल बाटो पार गरिरहेको समय कुनै मोटरबाइकको धक्काले घाईते बनेको थियो भने घाईते अवस्थामा हिँड़न नसक्दा सड़कबीचमा अधमरो स्थितिमा यसलाई भेटाएर उपचारको निम्ति राजाभातखावा स्थित वन्यजीव उपचार केन्द्रमा लगिएको जनाएका छन।