कोलकातामा बीजीबीएस लिएर कडा सुरक्षा व्यवस्था

IMG-20230410-WA0169-11-300x172-5

कोलकाता: न्युटाउनको विश्व बंगला कन्भेन्सन सेन्टरमा आजदेखि आयोजना हुन लागेको दुईदिने बंगाल ग्लोबल बिजनेस समिटमा सहभागी हुन भारत र विदेशका उद्योगीहरु महानगरमा आएका छन् । बंगाल ग्लोबल बिजनेस समिटको केन्द्र न्यूटाउन स्क्वायरमा कडा सुरक्षा व्यवस्था गरिएको छ। बिधाननगर पुलिस आयुक्तालयले बिजनेश समिटमा ट्राफिक सेवा सुचारु बनाउन विभिन्न कदम चालेको छ। यस सम्बन्धमा २१ नोभेम्बरदेखि २३ नोभेम्बरसम्म न्यूटाउन स्क्वायर मार्गमा कुनै पनि मालवाहक सवारी साधन चल्न दिइने छैनl

आज बिहान ७ बजेदेखि मध्यरात १२ बजेसम्म मालबाहक सवारी साधन चलाउन रोक लगाइएको छ। मंगलबार विश्व बंगला सरानी हुँदै गुड्ने बसलाई डाइभर्ट गरिने भएको छ। विधाननगर ट्राफिक पुलिसले जारी गरेको निर्देशनअनुसार मंगलबार बिहान ७ बजेदेखि मध्यरातसम्म छिङदिहाटाबाट न्यूटाउन हुँदै विमानस्थलसम्म जाने बसहरू भीआईपी रोड हुँदै गुड्ने छन्। यसबाहेक, चिनार पार्कबाट नार्केलबागन जाने बसहरू आकांखा जंक्शनबाट डाइभर्ट गरिनेछ। बंगाल ग्लोबल बिजनेस समिटका लागि करिब १५ सय पुलिस परिचालन गरिने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement