गान्तोक: भारत सरकारका विदेश मामिला तथा शिक्षा राज्यमन्त्री डा. राजकुमार रञ्जन सिंह आज सिक्किम आइपुगेका छन्। तीन दिवसीय आधिकारिक भ्रमणमा सिक्किम आउने क्रममा आज उनलाई रम्फूको पर्यटन गृहमा भव्यरूपमा स्वागत जनाइयो। स्वागत जनाउने क्रममा भारतीय जनता पार्टीका विधायक वाइटी लेप्चा, महकुमा अधिकारी सुजाता सुब्बा,गृह विभागका संयुक्त सचिव प्रनित प्रधान लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

सिक्किमको तीनदिने औपचारिक भ्रमणका क्रममा राज्यमन्त्रीले सिक्किमबाट निर्यात बढाउनका लागि निर्यातकर्ताहरूको क्षमता निर्माण गर्ने कार्यक्रममा भाग लिने जानकारी गराइएको छ।